नयाँ वर्षमा सिउँदो भरे २ महिनापछि हत्या गरे

तनहुँ | जेठ ३२, २०८०

नयाँ वर्षमा सिउँदो भरे २ महिनापछि हत्या गरे

तनहुँ:  भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्टले आफ्नै श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय तनहुँले विष्टलाई सार्वजनिक गर्दै प्रारम्भिक बयानका क्रममा घाँटी थिचर हत्या गरेको स्वीकारेको एसपी अबदेश विष्टले बताए । 

 

उनका अनुसार मनोजले आफ्नो श्रीमती (व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला) को अर्कै प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेका थिए । 

 

मनोज र रंगिलाले गत बैशाख १ गते ७ महिनाको प्रेम सम्बन्धपछि विवाह गरेका थिए ।

 

मनोजले श्रीमतीको हत्यापछि व्यास–४ चिहानडाँडा नजिकैको ह्युम पाइपभित्र बोरामा हालेर फ्याँकेका थिए ।  

 

अनुसन्धानको क्रममा शवको पहिचान भएपछि सोही आधारमा अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्